मङ्गल, ११ कात्तिक २०८२ / October 28, 2025, Tuesday
मङ्गल, ११ कात्तिक २०८२
Advertisement
banner add

जेनजीको प्रतिवादले सत्ताको मनोमानीमा कस्तो असर पर्ला

writter
सोम, २३ भदौ २०८२
(Shares)

जेन्जी (Gen Z) भनेको करिब सन् १९९७ देखि सन् २०१२ को बीचमा जन्मिएका मानिसहरूको पुस्ता हो। यो पुस्तालाई “डिजिटल नेटिभ्स” भनेर पनि चिनिन्छ किनभने यो पुस्ता टेक्नोलोजी र इन्टरनेटको प्रभावमा हुर्केको हो। जेन्जीले बाल्यकालदेखि नै स्मार्टफोन, सामाजिक सञ्जाल, र डिजिटल प्रविधिहरूको पहुँच पाएको हुन्छ।

‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ ८ सेप्टेम्बरको मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ताले माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन छेड्ने घोषणा गरेको छ । केही दिनयता सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ पुस्ताले यो आन्दोलनको नेतृत्व लिने घोषणा गरेको हो ।

विभिन्न विद्वानहरूले यो जेन जीको समयावधिलाई एकदुई वर्ष अघिपछि गरेर उल्लेख गरे तापनि अमेरिकी मनोवैज्ञानिक डा. जेन ट्वङ्गेले आफ्नो पुस्तक ‘जेनेरेसन’मा विभिन्न पुस्ताहरूको विभाजनको क्रममा सन् १९९५ देखि सन् २०१२ का बीच जन्मिएको पुस्तालाई ‘जेन जी’ भनेर उल्लेख गरेकी छन् । उनले सन् १९६५ देखि १९७९ को बीचको पुस्तालाई ‘जेन एक्स’, १९८० देखि १९९४ विचकोलाई ‘जेन वाई’ र २०१२ पछिको पुस्तालाई ‘जेन अल्फा’ भनेर उल्लेख गरेकी छन् । जेन जी पुस्ता जन्मिँदा नै विश्वमा इन्टरनेट र स्मार्ट फोन प्रचलनमा आइसकेको थियो । यो पुस्ता भनेको कलिलै अवस्थादेखि इन्टरनेट, स्मार्ट फोन र सामाजिक सञ्जाल प्रयोग गर्दै हुर्किएको पुस्ता हो।

अघिल्लो पुस्ताहरूभन्दा शिक्षित, प्रविधिमैत्री र जातीय एवं सांस्कृतिक रूपमा विविधतालाई रुचाउने यो पुस्ताको प्रकृति र वातावरणको संरक्षणमा पनि विशेष रुचि देखिएको छ।

अहिलेसम्मकै सबैभन्दा बढी साधनस्रोत पाएको यो पुस्तालाई सूचना सामग्रीहरूले थिचिएको पुस्ता पनि भनिन्छ।आवश्यक्ताभन्दा बढी सूचना र जानकारीले ‘मेन्टल ब्यान्डविथ मिसयुज’ भइरहेको र एकैपटक धेरै काम गर्ने ‘मल्टि टास्किङ’ प्रवृत्तिले यो पुस्ताको कार्य क्षमता अपेक्षित रूपमा उपयोग हुन नसकेको विज्ञहरूको भनाइ छ ।

सामान्यतः सन् १९९७ देखि सन् २०१२ सम्म जन्मेका बालबालिकाको पुस्ता नै ‘Z-Gen’ हो । यो बर्थ कोहर्ट हो । जेनेरेसन ‘Z’ का अधिकांश सदस्यहरू साना बच्चाहरू हुन् । यसलाई बेबी बुमर्स वा जेनेरेशन एक्स पनि भनिन्छ । जो प्रायः टिनएजमा छ्न् । न्यू रिसर्च सेन्टरले सन् १९९७ लाई जेनरेशन जेडका लागि प्रारम्भिक जन्म वर्षको रूपमा परिभाषित  गर्यो । ती मानिसहरू अहिले २७ वर्षका भए ।

‘Gen-Z’ वास्तविक संसारमा भन्दा अवास्तविक संसारमा बढी रमाउँछन् । धेरै जसो घोप्टिएर मोबाइल तथा इन्टरनेटमा अभ्यास्त हुन्छ्न् । नोटिफिकेसन हेर्दैमा दिन जान्छ । सबै जसो ध्यान त्यसमै हुन्छ । आफ्ना कार्यहरू पनि मोबाइल तथा ल्यापटपबाटै सम्पादन गर्छन् । उनीहरू आफ्ना रुचिहरूमा लागिपरिरहन्छ्न् । वास्तविक संसारभन्दा भर्चुअल संसार उनीहरूको रोजाइ र आकर्षण भएको छ । कल्पना र परिकल्पनामा आफूलाई हराउँछ्न् । खेलकुदको क्षेत्र विषेश रुचिको क्षेत्र हो ।

अवास्तविक कुरामा आफूलाई व्यस्त बनाउँछ्न् । उनीहरू आफूलाई भिन्न, डिजिटल र स्मार्ट पुस्ताको रूपमा  चिनाउन चाहन्छ्न् । वास्तवमा सबैभन्दा ठूलो परिवर्तन र चुनौतीको आभाष भएको र सामना गर्नुपर्ने पुस्ता पनि यही हो । भोलिको अनसटेरनिटी भएको पुस्ता पनि यही हो । सबैभन्दा चिन्ता र चासोले हेरिएको पनि छ ।

विश्वभरि ‘जेनेरेसन Z’का सदस्यहरू इलेक्ट्रोनिक यन्त्रहरूमा बढी समय बिताइरहेका छन् र उनीहरूको ध्यानको अवधि, मेहनत र शब्दावली, शैक्षिक कार्यसम्पादन, र भविष्यको आर्थिक योगदानहरूका लागि निहितार्थका साथ रहेको छ । पहिलेको तुलनामा उनीहरू किताबहरू पढ्न कम समय खर्च गरिरहेका छन् ।

पढ्नु समयको बर्बादी पनि ठान्छ्न् । उनीहरूको हिसाबमा कति पनि समय खेर फाल्न चाहँदैनन् । चिन्तन, ध्यान र धैर्यधारणमा कति पनि ध्यान छैन् । अरूले केही भन्छ भन्ने पनि छैन । संसारसँग डिट्याच भएर रहन चाहन्छ्न् । चुप लागेर नबस्ने केही न केही गरिराख्ने जस्तो देखिन्छ, जो अघिल्लो पुस्ताले अर्थविहीन कार्यको रूपमा लिन्छ्न् तर आफूहरू भने अर्थपूर्ण रहेको बताउँछ्न् । यो सब कोठैमा सीमित हुन्छ । यो ‘Gen–Z’  युरोप र अमेरिकी युवा र बालबालिकाहरूका लागि भए पनि नेपालको सन्दर्भमा पनि मिल्छ ।

-जेन्जी पुस्ताका सकारात्मक पक्षहरू

प्रविधिमा दक्षता र नवप्रवर्तनशीलता​​​​​​​​​​​​​​
यो पुस्ता इन्टरनेट, मोबाइल एप, कृत्रिम बुद्धिमत्ता (AI), ब्लकचेन, डिजिटल बैंकिङ, आदि प्रविधिमा जन्मदेखि परिचित छ। प्रविधिको प्रयोगमार्फत सामाजिक न्याय, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा प्रभावकारी नेतृत्व दिने सम्भावना प्रवल छ।
उदाहरण: डिजिटल प्लेटफर्ममार्फत जनगुनासो संकलन गर्ने, बजेट ट्र्याक गर्ने वा मतदान अभियान चलाउने क्षमताको विकास।

 सामाजिक न्यायप्रति संवेदनशीलता
लैंगिक समानता, जातीय न्याय, LGBTQ+ अधिकार, मानव अधिकारजस्ता विषयमा यो पुस्ता अघिल्लो पुस्ताभन्दा धेरै खुला र समर्थक छ। उनीहरू समाजका सीमान्तकृत वर्गहरूको आवाज बन्ने प्रयास गरिरहेका छन्।

पारदर्शिता र जवाफदेहिताको पक्षधर
जेन्जी पुस्ताले “के गर्यौ?” भन्दा “कसरी गर्यौ?” भन्ने प्रश्न गर्छ। सरकार, राजनीतिक दल वा संस्थाहरूको निर्णयको आलोचना वा मूल्यांकन गर्न सामाजिक सञ्जाल प्रयोग गरेर दबाब सिर्जना गर्छ।उदाहरण: RTI (Right to Information) को प्रयोगमा युवाहरूको बढ्दो संलग्नता।

अन्तर्राष्ट्रिय दृष्टिकोण र स्थानीय सन्दर्भको मेल
अंग्रेजी भाषा, अन्तर्राष्ट्रिय समाचार र वैश्विक आन्दोलनको सजिलो पहुँच भएका कारण उनीहरू वैश्विक नागरिकता बोध राख्छन्। जलवायु परिवर्तन, दिगो विकास लक्ष्य (SDGs), प्राविधिक नवाचारजस्ता विषयमा सक्रिय भूमिका खेल्न सक्ने पुस्ता हो।

रचनात्मकता र उद्यमशीलता
धेरै जेन्जी युवाहरू स्टार्टअप, सामाजिक उद्यम, फ्रीलान्सिङ र रिमोट वर्कतर्फ आकर्षित छन्। सरकारी रोजगारीभन्दा आफूले सिर्जना गर्ने रोजगारीलाई प्राथमिकता दिने यो पुस्ता आर्थिक रूपान्तरणमा उत्प्रेरक बन्न सक्छ।

विविधतामा सहअस्तित्वको मानसिकता
यो पुस्ताले जात, धर्म, लिंग वा क्षेत्रको आधारमा भेदभाव स्वीकार गर्दैन। प्रजातान्त्रिक मूल्यको सम्मान गर्छ, बहस गर्न रुचाउँछ, र आलोचना स्वीकार्ने मानसिकता राख्छ।

सक्रिय नागरिक चेतना र आन्दोलन
#JusticeForNirmala, #EnoughIsEnough, #OccupyTundikhel, #NoNotAgain जस्ता नागरिक आन्दोलनमा जेन्जीको व्यापक संलग्नता देखिएको छ। यो पुस्ता ‘विकास’को नाममा गरिने दमन, भ्रष्टाचार वा नीतिगत अन्यायको विरोध गर्न तयार छ।

-जेन्जी पुस्ताका कमजोरीहरू

धैर्य र निरन्तरताको अभाव
डिजिटल युगमा हुर्किएको पुस्ता तत्काल नतिजा खोज्ने प्रवृत्तिमा छ। राजनीतिक वा सामाजिक परिवर्तनमा धैर्य र दीर्घकालीन संलग्नता आवश्यक हुन्छ, जुन क्षेत्रमा उनीहरू कहिलेकाहीं कमजोर देखिन्छन्।
उदाहरण: धेरै युवा सामाजिक आन्दोलनमा एकपटक त उफ्रन्छन्, तर क्रमिक अनुसरण (follow-up) गर्न छोड्छन्।

गहिरो राजनीतिक अध्ययनको कमी
अधिकांश जेन्जीले राजनीति त चासोका साथ हेर्छन्, तर राजनीतिक संरचना, संविधान, नीति निर्माण प्रक्रिया आदिको गहिरो अध्ययन कमै गर्छन्। सामाजिक सञ्जालमा आधारित सूचना प्रायः सतही र अधुरो हुने हुँदा उनीहरूको धारणा कहिलेकाहीं भ्रामक हुन सक्छ।

सहमतिमा काम गर्न गाह्रो
व्यक्तिगत स्वतन्त्रता र वैयक्तिक विचारमा बढी केन्द्रित हुने भएकाले टोलिभाव (teamwork) मा समस्या देखिन्छ। सामूहिक राजनीतिक आन्दोलन वा नीति निर्माणमा सहमति र समझदारी अपरिहार्य हुन्छ—तर यो पक्षमा अभ्यास कम देखिन्छ।

सामाजिक यथार्थबाट टाढा हुने सम्भावना
धेरै जेन्जी सहर, प्रविधि र ‘globalized content’ मा केन्द्रित छन्, जसले ग्रामीण, सीमान्तकृत समुदायका समस्याहरूलाई चिन्न असहज बनाउँछ। उनीहरूको राजनीतिक एजेन्डा कहिलेकाहीं ‘शहरी-एलीटिक’ ढाँचामा सीमित हुने खतरा हुन्छ।

आदर्शवाद र व्यवहारिकताको असन्तुलन
जेन्जी पुस्ता परिवर्तनका पक्षधर त छन्, तर व्यवहारिक राजनीति, संस्थागत प्रक्रिया र ब्युरोक्रेसीको जटिलतालाई बुझ्न सक्ने धैर्यता प्रायः छैन। यसले गर्दा उनीहरूको माग र व्यवहारबीच अन्तर देखिन्छ—जुन दीर्घकालीन नेतृत्वमा चुनौती बन्छ।

मतदाताका रूपमा कमजोर सहभागिता
नेपालको सन् २०७९ को निर्वाचनमा १८–२५ वर्ष उमेर समूहको मतदान सहभागिता सबैभन्दा कम थियो। सामाजिक सञ्जालमा क्रियाशील भए पनि निर्वाचन प्रणालीमा सहभागी नहुनुले व्यवहारिक लोकतन्त्रमा उनीहरूको प्रभाव कम गराउँछ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जेन्जी पुस्ताले भोलि आयोजना गर्न लागेको संसद भवन घेराउ कार्यक्रमको समर्थन गरेका छन्। सरकारले निष्क्रिय बनाएको फेसबुकमार्फत् उनले आज ऐक्यबद्धता जनाएका हुन्।

 

 

ads

सम्बन्धित खबर