बुध, ०९ वैशाख २०८३ / April 22, 2026, Wednesday
बुध, ०९ वैशाख २०८३
Advertisement
banner add

सर्वसाधारणले सेनालाई पेस्तोल बुझाए २६८ हतियार

banner add
writter
शुक्र, २७ भदौ २०८२
(Shares)

९४ नाल हतियार नेपाली सेनाले बरामद गरेको छ । जेनजीको प्रदर्शनमा सुरक्षाकर्मीहरुबाट लटिएका हतियार मध्ये ९४ थान हतियार सेनाले बरामद गरेको हो ।

एक व्यक्तिले आफूसँग रहेको चाइनिज पेस्तोल सेनाको गस्ती टोलीलाई बुझाएका छन् भने हालसम्म देशभरबाट २६८ नाल हतियार बरामद भइसकेको सेनाले जनाएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सिन्धुली जिल्ला, मरिन-४ स्थायी घर भएका एक व्यक्तिले काठमाडौंको डल्लु क्षेत्रमा गस्तीमा रहेको सेनाको टोलीलाई ९ एमएमको एकनाले चाइनिज पेस्तोल बुझाएका हुन्।

सर्वसाधारणले स्वस्फूर्त रूपमा हतियार बुझाउनुले सुरक्षा निकायप्रतिको विश्वास बढ्दै गएको र शान्ति सुरक्षाप्रति नागरिक सचेतना देखाएको संकेत गर्दछ।

यो घटनासँगै सेनाले हालसम्म विभिन्न स्थानहरूबाट २६८ नाल हतियार बरामद गरिसकेको जनाएको छ।


जेनजी प्रदर्शनकारीहरुले विशेष गरी प्रहरीमाथि आक्रमण गर्दै उनीहरुका हतियार लुटेका थिए ।

प्रहरीक बर्दी, हतियार, पेस्ताल, गोलीहरु समेत लुटिएको थियो ।

ads
ads
add
banner add

सम्बन्धित खबर