शुक्र, ०२ असोज २०८३ / September 18, 2026, Friday
शुक्र, ०२ असोज २०८३
Advertisement
banner add

भक्तपुरबाट ६८.८३० ग्राम हेरोइनसहित तीन जना पक्राउ

banner add
writter
शुक्र, ०२ असोज २०८३
(Shares)

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बाट ६८.८३० ग्राम हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

लागूऔषध कारोबार गर्ने गिरोहको निगरानी गर्ने क्रममा प्रहरीले असोज २ गते तीन जनालाई लागूऔषध खैरो हेरोइन खरिद–बिक्री कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको ब्यूरोले जनाएको छ।

पक्राउ पर्नेमा सप्तरी, सुरुङ्गा नगरपालिका–६ का २६ वर्षीय अन्जनी नन्दन चौधरी, सप्तरी, बलान–बिहुल गाउँपालिका–१ का २० वर्षीय निकेश यादव र सिरहा, लहान नगरपालिका–१५ का २३ वर्षीय मुसान चौधरी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ६८.८३० ग्राम खैरो हेरोइन, नेपाली नगद १० हजार रुपैयाँ, दुई थान डिजिटल तराजु र पाँच थान मोबाइल बरामद भएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर