बुध, २४ भदौ २०८३ / September 9, 2026, Wednesday
बुध, २४ भदौ २०८३
Advertisement
banner add

४६.६ ग्राम खैरो हेरोइनसहित नेपालगञ्जबाट दुई जना पक्राउ

banner add
writter
बुध, २४ भदौ २०८३
(Shares)

नेपालगञ्ज । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ बाट ४६.६०० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार लागूऔषध खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१६ बस्ने २२ वर्षीय मेहेरमान खान र सोही स्थानका १८ वर्षीय इजाज साई रहेका छन्।

उनीहरूको साथबाट ४६.६०० ग्राम खैरो हेरोइन र दुई थान मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। 

ads
ads
add
banner add

सम्बन्धित खबर