शनि, ०३ असोज २०८३ / September 19, 2026, Saturday
शनि, ०३ असोज २०८३
Advertisement
banner add

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरी इजरायल पठाइदिने भन्दै ठगी, दुई पक्राउ

banner add
writter
शुक्र, ०२ असोज २०८३
(Shares)

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–२ घर भएका ५९ वर्षीय भरत चौलागाईं र दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका शिवाकोटी रहेका छन्।

नेपाल सरकार र इजरायल सरकारबीच भएको Government to Government (G to G) सम्झौताअनुसार वैदेशिक रोजगारीका लागि इजरायल पठाउने प्रक्रियामा सहभागी भएका व्यक्तिहरूलाई उनीहरूले ठगी गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार सन् २०२४ मा लिइएको परीक्षामा सहभागी भई इजरायल जान ‘लक्की ड्र’ मा नपरेका मध्ये १६५ जना व्यक्तिलाई प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी इजरायल पठाइदिने भन्दै विश्वासमा पारिएको थियो।

उनीहरूले प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँ का दरले रकम लिएको र पीडितहरूबाट जम्मा २ करोड ५० लाख रुपैयाँ ठगी गरेको सीआईबीले जनाएको छ।

ठगीमा परेको भन्दै पीडितहरूले जाहेरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो। प्रहरीले २०८३/०६/०२ गते दुवै जनालाई पक्राउ गरेको जनाएको छ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ अन्तर्गत ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट कानुनबमोजिम म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

सीआईबीले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी सर्वसाधारणलाई झुक्याएर रकम असुली गरेको घटनालाई अनुसन्धानको दायरामा ल्याएको जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर