सोम, २९ भदौ २०८३ / September 14, 2026, Monday
सोम, २९ भदौ २०८३
Advertisement
banner add

ट्राफिक व्यवस्थापनमा एआईसहित आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्छ : आईजीपी कार्की

banner add
writter
आइत, २८ भदौ २०८३
(Shares)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउन एआई-सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका छन्।

काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले सवारीसाधनको बीचमा जोखिम मोलेर ट्राफिक प्रहरीले हात हल्लाउँदै सवारी व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका हुन्।

उनले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन प्रविधिको अधिकतम प्रयोगमा जोड दिएका छन्।

ads
ads
add
banner add

सम्बन्धित खबर