काठमाडौँ । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्।
प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी
हुन्। नयाँ नेतृत्वसँगै कार्यालयको शान्ति–सुरक्षा, अपराध
नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवामा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।
कार्की यसअघि प्रहरी प्रधान कार्यालयको सर्वेक्षण
शाखामा कार्यरत थिइन्। प्रहरी प्रधान कार्यालयमा रहँदा उनले विभिन्न प्रशासनिक तथा
जिम्मेवारीसम्बन्धी कामको अनुभव हासिल गरेकी छन्। त्यसअघि पनि प्रहरी सेवाका
क्रममा उनले विभिन्न जिम्मेवारी सम्हाल्दै आफ्नो कार्यक्षमता प्रस्तुत गर्दै आएकी
छन्।
पिपरा क्षेत्रको सुरक्षा व्यवस्थापन, अपराध
अनुसन्धान, अवैध गतिविधि नियन्त्रण तथा स्थानीय नागरिकसँगको समन्वयलाई
प्राथमिकतामा राख्दै कार्कीले आफ्नो जिम्मेवारी अघि बढाउने अपेक्षा गरिएको छ।
प्रहरी कार्यालय र स्थानीय समुदायबीचको सम्बन्ध मजबुत बनाउन सके सुरक्षा
व्यवस्थापन थप प्रभावकारी बन्न सक्छ।
प्रहरी नेतृत्व परिवर्तन केवल प्रशासनिक प्रक्रिया मात्र
होइन, कार्यसम्पादन सुधारको अवसर पनि हो। त्यसैले इन्स्पेक्टर
कार्कीको नेतृत्वमा पिपरा क्षेत्रमा शान्ति–सुरक्षा कायम
गर्दै नागरिकले सहज, निष्पक्ष र भरोसायोग्य प्रहरी सेवा पाउने
वातावरण निर्माण हुनु आवश्यक छ।
अपराध नियन्त्रणसँगै महिला, बालबालिका तथा
कमजोर वर्गको सुरक्षा, लागुऔषध नियन्त्रण, ट्राफिक
व्यवस्थापन र जनगुनासोको शीघ्र सम्बोधनमा विशेष ध्यान दिन सके नयाँ नेतृत्वको
प्रभाव अझ सकारात्मक देखिनेछ।