शुक्र, ०१ साउन २०८३ / July 17, 2026, Friday
शुक्र, ०१ साउन २०८३
Advertisement
banner add

व्यास नगरपालिकाको कार्यपालिका बैठकका ९ महत्त्वपूर्ण निर्णय सार्वजनिक

banner add
writter
शुक्र, ०१ साउन २०८३
(Shares)

स्थानीय सरोकार/तनहुँ । व्यास नगरपालिकाले नगर कार्यपालिकाको २४२औँ नियमित बैठकबाट भएका विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय सार्वजनिक गरेको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकका निर्णय प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो।

बैठकले आर्थिक वर्ष २०८३/८४ का नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने, सेवा प्रवाह सुधार गर्ने, शिक्षा क्षेत्रको व्यवस्थापन, सडक अतिक्रमण हटाउनेलगायत विषयमा महत्वपूर्ण निर्णय गरेको जनाएको छ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटको कार्यान्वयनलाई तीव्रता दिने, आन्तरिक आय, सञ्चित कोष, भुक्तानी तथा दायित्वको अवस्थाबारे समीक्षा गर्दै प्राथमिकताका आधारमा भुक्तानी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

त्यस्तै, कार्यालयबाट प्रवाह हुने सेवाको समीक्षा गर्दै सूचना प्रविधिमैत्री र सेवाग्राहीमैत्री सेवा प्रणाली विकास गर्न सम्बन्धित शाखालाई निर्देशन दिइएको छ।

शिक्षा क्षेत्रतर्फ संघीय शिक्षा मन्त्रालयबाट प्राप्त माध्यमिक र आधारभूत तहका शिक्षक अनुदान कोटा वितरण गर्ने तथा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिलाई आवश्यक निर्देशन दिने निर्णय गरिएको छ। साथै, शिक्षा नियमावलीमा भएका नयाँ व्यवस्थाबारे जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने भएको छ।

बैठकले वडा नं. २, ३ र ४ का बजार क्षेत्रमा सडक मापदण्ड मिचेर निर्माण गरिएका संरचना तथा अवरोध हटाउने अभियानलाई निरन्तरता दिने निर्णय पनि गरेको छ। सम्बन्धित घरधनी तथा व्यवसायीसँग समन्वय गरी तोकिएको समयभित्र संरचना हटाउन तथा आवश्यक परे सुरक्षा निकायसँग समेत सहकार्य गर्ने उल्लेख गरिएको छ।यसैगरी, कर्मचारी व्यवस्थापन, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरण प्रक्रियामा सहजीकरण गर्न नगर तथा वडा स्तरीय सहजीकरण समिति पुनर्गठन गर्ने निर्णय गरिएको छ।

बैठकले व्यास नगरपालिका वडा नं. ६ शिशाघाट स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयका प्र.अ. श्री हरिराज काफ्ले र व्यास १४ ठिन नयाँगाउँ स्थित अमरज्योति आधारभूत विद्यालयका राहत शिक्षक श्री सुनिल थापाको दुखद् निधन भएकाले दिवंगत आत्मा प्रति चिरशान्तिको कामना गर्दै सम्बन्धित परिवारजनप्रति हार्दिक समावेदना व्यक्त  गर्ने निर्णय पनि गरेको छ। नगरपालिकाले यी निर्णय कार्यान्वयनका लागि सम्बन्धित शाखा तथा निकायलाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर