पर्यावरण कुनै एक व्यक्तिको होइन, समग्र मानव सभ्यता र पृथ्वीका सम्पूर्ण जीवजन्तुहरूको साझा सम्पत्ति हो। हाम्रो जीवन, स्वास्थ्य, अर्थतन्त्र र भविष्य प्रत्यक्ष रूपमा वातावरणसँग जोडिएको छ।
वातावरण सांस्कृतिक, आर्थिक, सामाजिक, जैविक र भौतिक वातावरण हो जसले सबै जीवित प्राणीहरूलाई आफ्नो पुस्ताको बाँच्न र धान्न अनुमति दिन्छ। अर्को शब्दहरुमा, यो त्यस्तो स्थान हो जहाँ एक जीवित व्यक्तिलाई स्वस्थ जीवन जीउन अनुमति छ। यो प्रकृति पनि हो जुन पृथ्वीमा सबै जीवित प्राणीहरूको साथै सबै प्रकारका निर्जीव प्राणीहरूलाई समेट्छ।
वातावरणीय विज्ञान वातावरणको भौतिक, रसायनिक र जैविक घटकहरूका बीचको अन्तरक्रियामा केन्द्रित छ, साथै यसमा सबै जीवहरूमा पार्ने प्रभावहरू पनि छन्। धेरै व्यक्तिको लागि वातावरणीय विज्ञानले खास गरी वातावरणमा मानव प्रभावलाई अभिव्यक्त गर्दछ।
तापनि, द्रुत शहरीकरण, औद्योगिकीकरण, जंगल फँडानी, प्लास्टिक प्रदूषण, अनियन्त्रित दोहन र जीवनशैलीका कारण पृथ्वीको वातावरण सन्तुलन गुमाउँदै गएको छ। यसले जलवायु परिवर्तन, प्राकृतिक विपद्, जैविक विविधता संकट र जलस्रोतको संकटजस्ता समस्या जन्माइरहेको छ।
नेपालको सन्दर्भमा पनि स्थिति चिन्ताजनक बन्दै गएको छ। सहरहरू प्रदूषणले ग्रस्त छन्, खोला–नदीहरू फोहरको नालीमा परिणत भएका छन्, हिमाली हिउँ पग्लिन थालेको छ, र तराईमा पानीको सतह घट्दो क्रममा छ।
पर्यावरणीय संकट अब केवल भावी पुस्ताको होइन, अहिलेको पुस्ताकै अस्तित्वको चुनौती बनिसकेको छ।
यस परिस्थितिमा केवल सरकार, नीति वा अन्तर्राष्ट्रिय संधिमात्र भर पर्नु पर्याप्त छैन। वातावरण संरक्षणमा प्रत्येक नागरिकको सक्रिय भूमिका अनिवार्य छ। हाम्रो साना–साना अभ्यासले ठूलो परिवर्तन ल्याउन सक्छ। जस्तै:
प्लास्टिकको प्रयोग घटाउने,
फोहर व्यवस्थापनमा सचेत हुने,
वन कटानी रोक्ने र वृक्षारोपण गर्ने,
सार्वजनिक यातायात प्रयोग गर्ने,
ऊर्जा खपतमा मितव्ययी बन्ने,
र वातावरणीय शिक्षालाई जीवनशैलीमा रुपान्तरण गर्ने।
सरकारले पनि वातावरणसम्बन्धी नीति र कानुनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ।
वातावरणीय प्रभाव मूल्यांकन (EIA) लाई औपचारिकता मात्र नबनाई प्रभावकारी बनाइनुपर्छ। शिक्षालयहरूबाटै वातावरण संरक्षणको चेतना विस्तार गर्नुपर्छ।
हाम्रो सानो सचेत कदमले ठूलो विनाश रोक्न सक्छ। त्यसैले, अब समय आएको छ – "प्रकृतिसँग सहजीवन गर्ने चेतना" विकास गर्ने। पर्यावरणको रक्षा गर्नु केवल विकल्प होइन, दायित्व हो – हाम्रै अस्तित्वका लागि।
"पर्यावरण बचाऔँ, जीवन जोगाऔँ।"