बुध, १८ कात्तिक २०८३ / November 4, 2026, Wednesday
बुध, १८ कात्तिक २०८३
Advertisement
banner add

मन्त्रिपरिषद्को बैठक बस्दै

banner add
writter
बुध, १८ कात्तिक २०८३
(Shares)

काठमाडौं । सरकारले लगातार दोस्रो दिन मन्त्रिपरिषद्को बैठक बोलाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार दिउँसो १ बजे बैठक बस्न लागेको हो।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। बैठकले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश अघि बढाउने निर्णय गरेको हो।

पछिल्लो समय सरकारले नीतिगत तथा कानुनी सुधारका विषयलाई प्राथमिकता दिइरहेका बेला लगातार बैठक बस्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बुधबारको बैठकमा समसामयिक विषय, सरकारी कामकारबाही र थप नीतिगत निर्णयबारे छलफल हुन सक्ने अनुमान गरिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर