काठमाडौं । सरकारले एआईजी डा. मनोजकुमार केसीलाई नेपाल
प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको
सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
केसीको नियुक्तिसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने
भएको छ।