काठमाडौं । नेपाल प्रहरीका प्रमुख एवं प्रहरी महानिरीक्षक दानबहादुर कार्की आगामी कात्तिक १ गते मालिका गाउँपालिका–८, मर्भुङ्गस्थित खड्ककोट मन्दिरको उद्घाटन गर्न गुल्मी आउने कार्यक्रम तय भएको छ।
प्रहरी महानिरीक्षक कार्कीको आगमनसँगै खड्ककोट मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्व थप उजागर हुने अपेक्षा गरिएको छ। स्थानीयवासीका लागि यो धार्मिक आस्था, पर्यटन प्रवर्द्धन तथा क्षेत्रको पहिचानसँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा रहनेछ।