काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरोले रुपन्देहीको
भैरहवाबाट ९७ ग्राम ८१० मिलिग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार असार १३ गते लागूऔषध नियन्त्रण ब्यूरो शाखा
कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ मा
विशेष निगरानीका क्रममा उक्त परिमाणको खैरो हेरोइन बरामद गरेको हो।
पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका–६ दुगौलिया
निवासी ३४ वर्षीय जगदीश यादव रहेका छन्। उनको साथबाट बरामद गरिएको लागूऔषधसहित
नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा
बुझाइएको ब्यूरोले जनाएको छ।
लागू औषध नियन्त्रण ब्युरोले पछिल्लो समय लागू औषधविरुद्धको
कारबाहीलाई तीव्र बनाएको छ। ब्युरोको विभिन्न शाखाबाट परिचालित टोलीले
छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ।
लागू
औषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौंका अनुसार नेपालगञ्ज, भैरहवा र
काठमाडौं उपत्यकाबाट गरी ठूलो मात्रामा खैरो हेरोइन बरामद गरिएको हो।
ब्युरोका अनुसार पहिलो घटनामा नेपालगञ्जबाट खटिएको संयुक्त
प्रहरी टोलीले बाँकेको डुडुवा गाउँपालिका–२ बाट खैरो हेरोइन १०५ ग्राम ७१०
मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दिया राजापुरका २८ वर्षीय राजेन्द्र
लोनिया रहेका छन्। उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा
बुझाइएको छ।
त्यस्तै लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट
खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ बाट खैरो हेरोइन ९७ ग्राम ८१०
मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–६
दुर्गौलियाका ३४ वर्षीय जगदीश यादव रहेका छन्।
यस्तै काठमाडौं उपत्यकामा नियमित चेकजाँचका क्रममा लागू
औषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। ब्युरो
शाखा कार्यालय थानकोट नागढुंगाबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुंगा
चेकपोष्टमा काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्दा
खैरो हेरोइन ७५ ग्रामसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल सिलगुढी चम्पासरी ठेगाना
भएका ३४ वर्षीय मोना राय र २६ वर्षीय पंकज बोस रहेका छन्। लागू औषध
नियन्त्रण ब्युरोका प्रमुख एसएसपी सुबास चन्द्र बोहोराको नेतृत्वमा ब्युरोले
पछिल्लो समय लागू औषध ओसारपसार तथा कारोबार नियन्त्रणमा सक्रियता बढाएको छ।
विभिन्न जिल्लाबाट हुने तस्करी, ढुवानी र
बिक्री वितरणविरुद्ध विशेष निगरानी बढाउँदै ब्युरोले निरन्तर कारबाही अघि
बढाइरहेको छ। ब्युरोले पक्राउ परेका व्यक्तिहरूमाथि थप
अनुसन्धान भइरहेको जनाएको छ।
लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणलाई प्रभावकारी
बनाउन सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा निगरानी र विशेष अभियानलाई तीव्र
बनाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।