मङ्गल, ०८ मंसिर २०८३ / November 24, 2026, Tuesday
मङ्गल, ०८ मंसिर २०८३
Advertisement
banner add

बाँकेको चिसापानीमा प्रहरीको आठ राउण्ड हवाई फायर, चार प्रहरी घाइते

banner add
writter
मङ्गल, ०८ मंसिर २०८३
(Shares)

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा जात्राका क्रममा झडप भएपछि प्रहरीले आठ राउण्ड हवाई फायर गरेको छ। मादक पदार्थ सेवन गरेका १५ जनाको समूहले एक स्थानीयमाथि कुटपिट गर्नुका साथै प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान करिब ४ बजे मनोज सुनार, दीपक सुनार, दिनेश सुनारलगायत १५ जनाको समूहले मादक पदार्थ सेवन गरी स्थानीय बानियाभार निवासी ४२ वर्षीय प्रेमबहादुर थापामाथि निर्घात कुटपिट गरेको थियो।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी नायब निरीक्षक डिलबहादुर गिरीको कमाण्डमा ११ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। उक्त समूहलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि नै ढुङ्गामुढा गर्न थालेपछि अवस्था नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते भएका थापाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। घटनामा संलग्न रहेको आरोपमा मनोज सुनारलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुर पठाएको छ भने अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।

झडपका क्रममा प्रहरी नायब निरीक्षक गिरी, प्रहरी सहायक हवल्दार बालकृष्ण जिसी, प्रहरी सहायक हवल्दार रेशम चौधरी र प्रहरी जवान अमर खत्री घाइते भएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर