मङ्गल, ०८ मंसिर २०८३ / November 24, 2026, Tuesday
मङ्गल, ०८ मंसिर २०८३
Advertisement
banner add

आसरा सुधार केन्द्रमा नेपाल प्रहरी श्रीमती संघकी नवनियुक्त अध्यक्ष सरयू के.सी.को स्वागत

banner add
writter
मङ्गल, ०८ मंसिर २०८३
(Shares)

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी नवनियुक्त अध्यक्ष श्रीमती सरयू के.सी.को स्वागत तथा परिचयात्मक कार्यक्रम आसरा सुधार केन्द्रमा सम्पन्न भएको छ।

२०८३ साल मंसिर ७ गते सोमबार आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्ष के.सी.को सभाध्यक्षता रहेको थियो। कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका सल्लाहकारहरू, आसरा सुधार केन्द्रका सचिव तथा कोषाध्यक्ष, संघ तथा केन्द्रका पदाधिकारीहरू, प्रहरी वरिष्ठ अधिकृत, अन्य प्रहरी अधिकृत, केन्द्रमा कार्यरत प्रहरी कर्मचारी, परामर्शदाता तथा उपचाररत सदस्यहरूको उपस्थिति रहेको थियो।

केन्द्रकी कोषाध्यक्ष श्रीमती ममता दहालले सञ्चालन गर्नुभएको कार्यक्रम राष्ट्रिय गानबाट सुरु भएको थियो। कार्यक्रममा केन्द्रकी सचिव श्रीमती रोजी तुलाधर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमका क्रममा नवनियुक्त अध्यक्ष सरयू के.सी.ले केन्द्रको स्वागत पुस्तिकामा हस्ताक्षर गर्दै अध्यक्षको पदभार ग्रहण गर्नुभएको थियो। त्यसपछि उहाँले आफ्नो प्रेरणादायी शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमपश्चात् अध्यक्ष के.सी.ले केन्द्रमा आवासीय रूपमा रही उपचार गराइरहेका सदस्यहरूको आवास भवन, मेस, जिम कक्ष, मेडिकल कक्ष तथा प्रशासनिक कक्षहरूको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको थियो।

स्वागत, पदभार ग्रहण तथा केन्द्रको अवलोकन निरीक्षणसँगै कार्यक्रम सम्पन्न भएको थियो।

ads
ads
add
banner add

सम्बन्धित खबर