बिहि, ३१ वैशाख २०८३ / May 14, 2026, Thursday
बिहि, ३१ वैशाख २०८३
Advertisement
banner add

राज्य व्यवस्था समिति सभापतिबाट रामहरि खतिवडाको राजीनामा

banner add
writter
मङ्गल, २७ साउन २०८२
(Shares)

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिनुभएको छ। मङ्गलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले समिति सभापतिबाट राजीनामा दिनुभएको हो। 

राज्य व्यवस्था समितिबाट पारित भएको निजामति कर्मचारीसँग सम्बन्धित निजामती सेवा विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटी भएको निष्कर्ष संसदीय छानबिन समितिले निकालेपछि उहाँले समिति सभापतिको पदबाट राजीनामा दिनुभएको हो।

राजीनामा दिनुअघि सदनलाई सम्बोधन गर्नुहुँदै खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागु हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा रहिरहने दाबी गर्नुभएको छ। 

राज्य व्यवस्था समितिको विधायिकी मनसाय विपरीत विधेयकको प्रतिवेदन तयार भएको दाबीसमेत खतिवडाले गर्नुभएको छ। उहाँले निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिबाट नभएको दाबी गर्नुहुँदै अन्तिम रूपलाई गहिरिएर नहेर्नु कमजोरी भएको स्वीकार गर्नुभयो। 

कर्मचारीका लागि विश्वास गर्दा त्रुटि हुन पुगेको उहाँको भनाइ छ। राजीनामा दिँदै खतिवडाले आफू कूटिल राजनीतिको सिकार भएको उल्लेख गर्नुभयो।

संसदीय छानबिन प्रतिवेदनले आफूलाई दोषी नठहर्‍याएको पनि खतिवडाले दाबी गर्नुभएको छ। राजीनामा घोषणा गर्दै खतिवडाले भन्नुभयो, ‘‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु।’

राजीनामा दिँदै उहाँले समितिको सभापति हुँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । 

ads
ads
add
banner add

सम्बन्धित खबर