महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक प्रतिकूलतालाई चिर्दै समृद्धि अभियानमा अघि बढेको वर्तमान सरकार जनताका साथमा रहेको बताउनुभएको छ ।
आज महोत्तरीको मटिहानी नगरपालिका–६ मा निर्मित अत्याधुनिक सेवा सुविधासहितको प्रसूतिगृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आमजनताको सक्रिय सहभागितामा समृद्धिको यात्रा सफल हुने भएकाले त्यसमा सरिक हुन सबैसँग अनुरोध गर्नुभयो ।