बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

शान्तिनगरबाट १५३० किलो भन्सार छलीको काजु बरामद, चालक पक्राउ

banner add
writter
मङ्गल, १७ भदौ २०८२
(Shares)

काठमाडौं — भन्सार छली गरी पैठारी हुँदै गरेको सूचनाका आधारमा प्रहरीले काठमाडौं–३१ शान्तिनगरबाट ठूलो परिमाणमा काजु बरामद गरेको छ।

प्रहरी वृत्त स्वयम्भू र प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको टोलीले म.प्रदेश ०२-००१ ख ०३२५ नम्बरको ट्रक जाँच गर्दा १५३ थान बट्टामा राखिएको करिब १५३० किलोग्राम काजु फेला पारेको हो। बरामद काजुको मूल्य करिब २२ लाख ९५ हजार रुपैयाँ हुने प्रहरीको अनुमान छ।

साथै, सो ट्रक चालक धनुषा, सबैला नगरपालिका–५ घर भएका १९ वर्षीय धिरेन यादवलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिएका छन्।

ads
ads
add
banner add

सम्बन्धित खबर