मङ्गल, २७ असोज २०८३ / October 13, 2026, Tuesday
मङ्गल, २७ असोज २०८३
Advertisement
banner add

खुकुरी हानेर वृद्धको हत्या,३४ वर्षे युवक पक्राउ

banner add
writter
मङ्गल, २७ असोज २०८३
(Shares)

मुगुमा खुकुरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडाका ७३ वर्षीय धनबिर कामीलाई खुकुरी हानिएको हो ।

हत्या अभियोगमा प्रहरीले सोही ठाउँका ३४ वर्षीय अजबिर कामीलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आज बिहान साढे ७ बजे अजबिरले धनबिरको घाँटीमा खुकुरी हानेका थिए ।

गम्भीर घाइते भएका धनबिरलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले आरोपित अजबिरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर