मङ्गल, ०५ जेठ २०८३ / May 19, 2026, Tuesday
मङ्गल, ०५ जेठ २०८३
Advertisement
banner add

एसपी सिलवालविरुद्ध ३५ उजुरी, पाँच छानविन समिति

banner add
writter
बिहि, १२ भदौ २०८२
(Shares)

नेपाल प्रहरी संगठन मुलुककै शान्ति सुरक्षा र कानून कार्यान्वयन गर्ने प्रमुख निकाय हो। यस निकायमा कार्यरत कर्मचारी–अधिकारीहरू आचारसंहिता, सेवा–शिस्त र जिम्मेवारीमा बाध्य हुन्छन्। तर पछिल्लो समय प्रहरी सेवाभित्र पनि गम्भीर प्रश्नहरू उठिरहेका छन्। ताजा उदाहरण हो।

 प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवाल रकम असुली धन्दालगायतका विभिन्न आरोपमा मुछिएका छन् । सिलवाल राजमार्ग सुरक्षा तथा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख हुन् ।

एसपी सिलवालविरुद्ध परेको ३५ वटा उजुरी। उजुरीहरूको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले पाँच वटा छुट्टै छानबिन समिति गठन गर्नु परेको छ।

यो अवस्था सामान्य होइन। एउटा उच्च पदस्थ अधिकृतविरुद्ध यति ठूलो संख्यामा उजुरी पर्नु स्वयं संस्थागत पारदर्शिता, शुद्धता र विश्वासको प्रश्न बनेको छ। प्रहरीमाथि आमजनताको भरोसा कायम राख्न, छानबिन प्रक्रियामा कुनै प्रकारको राजनीतिक वा आन्तरिक दबाब पर्न नदिनु आवश्यक छ।

छानबिन समितिहरूले निष्पक्ष, तथ्यआधारित र छिटो नतिजा सार्वजनिक गर्न सक्नुपर्छ। यदि उजुरी प्रमाणित भए भने कानुनी कारबाहीमा ढिलाइ हुनु हुँदैन। र, यदि उजुरीहरू बेबुनियाद प्रमाणित भए भने पनि सार्वजनिकरूपमा सत्य उजागर हुनुपर्छ, जसले संस्थागत मर्यादा जोगाउन मद्दत गर्छ।

यस प्रकरणले अर्को सन्देश पनि दिन्छ—प्रहरी संगठनभित्र आन्तरिक नियमन प्रणाली अझ कडाइका साथ कार्यान्वयन हुनुपर्ने। उजुरीहरूको मात्रा बढ्नु भनेको कमजोरीहरू समयमै सम्बोधन नभएको सूचक हो।

जनताको कर तिरेर सञ्चालन हुने सुरक्षा संयन्त्रमाथि जनता नै असुरक्षित महसुस गर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण हुन्छ। त्यसैले प्रहरी नेतृत्वले यस्ता उजुरीलाई बोझ होइन, सुधारको अवसरका रूपमा लिनुपर्छ। संस्थागत शुद्धता, जवाफदेहिता र निष्पक्षता नै प्रहरीको विश्वसनीयताको आधार हो भन्ने कुरा भुलिनु हुँदैन।

एसपी सिलवालमाथि जाँचका क्रममा चोरीका सवारी साधनको गैरकानुनी प्रयोग र चालकमाथि अभद्र व्यवहारलगायतका आरोप लागेको हो । एसपी सिलवालविरुद्ध मौखिक तथा लिखित गुनासो आएपछि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले छानबिन अगाढि बढाएको छ । प्रदेश प्रमुख डीआईजी उमाप्रसाद चर्तुवेदीले सिलवालमाथि प्रदेश कार्यालयले आन्तरिक छानबिन गरिरहेको जानकारी दिएका छन् ।

डीआईजी चतुर्वेदीले भने, ‘एसपी सिलवालमाथि धेरै व्यक्तिले मौखिक तथा लिखित रुपमै गुनासो गरेपछि छानबिन थालेका छौँ । उहाँमाथि ३५ वटा गम्भीर प्रकृतिका गुनासो आएपछि छानबिन थालेका हौं ।’

सिलवालमाथि छानबिन गर्न प्रदेश कार्यालयले पाँच वटा छुट्टाछुटै समिति बनाएको छ । सिलवालले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका चालकलाई जरिवाना तिराउँदै सवारी छाड्न लगाइ घर पठाउनु पर्नेमा कानुनविपरीत थुनामा राख्ने गरेको खुलेको छ ।

त्यसरी चोरीका सवारी साधन गैरकानुनी प्रयोग गर्ने, अवैध मालसामान बोकेका सवारी साधनलाई आर्थिक प्रभावमा परेर जाँच नगर्ने जस्ता गम्भीर उजुरी उनीविरुद्ध परेको छ। ट्रान्सपोर्ट कम्पनीका ट्रक रोकेर गैरकानुनी तरिकाले रकम असुली गर्ने गरेको गुनासो उनीमाथि छ ।

एसपी सिलवालले भारतीय नम्बर प्लेटका गाडीहरुलाई प्रवेशमा कडाइका नाममा रकम असुली गर्ने गरेको उजुरी आएको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ । एसपी सिलवाल यसअघि पनि पटक–पटक विवादमा आइरहने प्रहरी अधिकारी हुन् । यसअघि पनि उनीमाथि मिटरब्याजमा रकम लगाउने गरेको आरोप लागेको थियो

ads
ads
add
banner add

सम्बन्धित खबर