काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका-१० बस्ने झापा मेचीनगर नगरपालिका-६ घर भएका ४४ वर्षीय संजय सुवेदी र चितवन राप्ती नगरपालिका-१ घर भएका ३४ वर्षीया मधु मालती स्याङताङ रहेका छन् ।
पक्राउ मध्ये संजयले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ र मधुमालतीले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।