बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

सर्लाहीमा गोली प्रहार गरी एक जनाको हत्या

banner add
writter
शनि, ३१ साउन २०८२
(Shares)

सर्लाही । सर्लाहीको हरिपूर्वामा शुक्रबार राति गोली प्रहार गरी एक जनाको हत्या भएको छ । हरिपूर्वा नगरपालिका–६, का ४० वर्षीय रामपुकार यादवको अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका हुन् ।

शुक्रबार राति करिब ८ बजेतिर घरमा छरछिमेकीसँग कुराकानी गरेर बसिरहेका बेला मोटरसाइकलमा आएका दुई जना व्यक्तिले रामपुकारलाई गोली प्रहार गरी फरार भएका थिए ।

टाउकोमा गोली प्रहार हुँदा गम्भीर घाइते हुनुभएका रामपुकारलाई उपचारका लागि महोत्तरीको पर्सास्थित एक स्वास्थ्य संस्थामा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक रामपुकारको शव शनिबार बिहानसम्म सोही अस्पतालमा रहेको छ ।

शनिबार बिहान घटनाको प्रकृति मुचुल्का उठाउने काम भइरहेको सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिनुभयो ।

प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउने तयारी रहेको छ ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर