आइत, २४ साउन २०८३ / August 9, 2026, Sunday
आइत, २४ साउन २०८३
Advertisement
banner add

जेनजी प्रदर्शनका क्रममा जघन्य अपराधमा जोडिएका आरोपीलाई उन्मुक्ति हुँदैन: प्रवक्ता काफ्ले

banner add
writter
शनि, २३ साउन २०८३
(Shares)

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही अहिलेको प्रमुख आवश्यकता हो। प्रदर्शनका क्रममा भएका आपराधिक गतिविधिमा संलग्न भएको आरोप लागेकै आधारमा कसैलाई दोषी ठहर गर्न मिल्दैन, तर गम्भीर अपराधमा संलग्न भएको प्रमाणित भएमा कानुनअनुसार कारबाहीबाट उन्मुक्ति दिनु पनि हुँदैन।

प्रहरीले गत वर्षको भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा घटेको जघन्य अपराधको घटनाका आरोपी कुनै पनि पनि उन्मुक्ति नहुने जनाएको छ ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाटका क्रममा प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जघन्य प्रकृतिको कसुरका कुनै पनि आरोपीलाई छुट नहुने दावी गरे उहाँले महान्यायाधिवक्ता कार्यालयबाट पनि सरकारको तर्फबाट कुनै पत्र नआएको र गम्भीर घटनाका आरोपीलाई उन्मुक्ति दिन नहुनेमा जोड दिए । भदौ २३ र २४ गतेको घटनामा ३ प्रहरीसहित ७६ जनाको ज्यान गएको थियो ।

प्रहरी प्रवक्ता काफ्लेले जघन्य अपराधमा जोडिएका आरोपीलाई उन्मुक्ति नदिइने स्पष्ट पार्नु सकारात्मक संकेत हो। यसले अनुसन्धान प्रक्रियाप्रति राज्यको प्रतिबद्धता देखाउँछ। तर यस्तो प्रतिबद्धता व्यवहारमै प्रमाणित हुनुपर्छ।

छानबिन निष्पक्ष, प्रमाणमा आधारित र राजनीतिक प्रभावबाट मुक्त हुन आवश्यक छ। अपराधको प्रकृति र प्रमाणका आधारमा अनुसन्धान अघि बढाइनुपर्छ। निर्दोषलाई अनावश्यक दुःख नदिने र दोषीलाई कुनै पनि बहानामा जोगिन नदिने दुईवटै पक्षलाई समान महत्व दिनुपर्छ।

जेनजी पुस्ताको आन्दोलनले उठाएका जायज प्रश्नलाई सम्बोधन गर्दै हिंसा, तोडफोड र जघन्य अपराधलाई भने छुट्टै दृष्टिले हेर्नुपर्छ। कानुनी शासनको मूल मर्म नै यही हो—अपराधीको पहिचान हैन, अपराध र प्रमाणका आधारमा न्याय सुनिश्चित गर्नु।

ads
ads
add
banner add

सम्बन्धित खबर