शुक्र, १३ कात्तिक २०८३ / October 30, 2026, Friday
शुक्र, १३ कात्तिक २०८३
Advertisement
banner add

मोरङको रतुवामाईमा गोली चलाएर लागुऔषध कारोबारी तीन जना पक्राउ

banner add
writter
बिहि, १२ कात्तिक २०८३
(Shares)

मोरङ । मोरङको रतुवामाई नगरपालिकामा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेको जनाइएको छ।

प्राप्त विवरणअनुसार, पक्राउ गर्ने क्रममा ब्यूरोको टोलीले पाँच राउन्ड हवाई फायर र दुई राउन्ड घुँडामुनि गोली प्रहार गरेको थियो। गोली लागेका दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको छ भने एक जना नेपाली नागरिकलाई पनि पक्राउ गरिएको छ।

प्रहरी टोलीले पक्राउ परेकाहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन र एक थान पेस्तोल बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर