शुक्र, १३ कात्तिक २०८३ / October 30, 2026, Friday
शुक्र, १३ कात्तिक २०८३
Advertisement
banner add

चितवनमा खैरो हेरोइनजस्तो पदार्थसहित तीन जना प्रहरी नियन्त्रणमा

banner add
writter
बिहि, १२ कात्तिक २०८३
(Shares)

चितवन । लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियानअन्तर्गत चितवन प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ४६ दशमलव ५५ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित नगद र लागुऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय चनौलीको संयुक्त टोलीले भरतपुर महानगरपालिका–१९ मा लागुऔषधको बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचना पाएपछि निगरानी तथा कारबाही अघि बढाएको थियो। सोही क्रममा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–८ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१९ बस्ने ३१ वर्षीय सागर तामाङ, भरतपुर महानगरपालिका–२० का ३८ वर्षीय रोशन गुरुङ तथा भरतपुर महानगरपालिका–१९ बस्ने ४३ वर्षीय अमित लामा भन्ने ईश्वर लामा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले पक्राउ परेकाहरूको साथबाट ३९ हजार ५०० रुपैयाँ नगद र एक थान डिजिटल तराजुसमेत बरामद भएको जानकारी दिएका छन्।

प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान अघि बढाएको जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर