बुध, ०९ वैशाख २०८३ / April 22, 2026, Wednesday
बुध, ०९ वैशाख २०८३
Advertisement
banner add

नो–पार्किङ दुर्घटनापछि सुरु भएको कडाइलाई बदनाम गर्न बनाइयो भिडियो?

banner add
writter
मङ्गल, १७ भदौ २०८२
(Shares)

काठमाडौं । पछिल्ला दिनमा “कोटेश्वरमा ट्राफिक प्रहरीको आर्थिक आतंक” शीर्षकसहित एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर स्थानीय व्यापारी र यातायात व्यवसायीहरूले भने उक्त भिडियो वास्तविकतामाथि आधारित नभई नियोजित रूपमा तयार गरिएको आरोप लगाएका छन्।

कोटेश्वरका एक व्यापारीका भनाइअनुसार, केही दिनअघि नो–पार्किङ क्षेत्रमा अरनिको यातायातका गाडीहरू पार्किङ गरिएको थियो। सो क्रममा एक स्कुटर चालक ठोक्किँदा मृत्यु भएको घटनापछि ट्राफिक प्रहरीले यस्ता घटना दोहोरिन नदिन कडाइका साथ नियम कार्यान्वयन गर्न थालेको हो।

यद्यपि, भाइरल भिडियोमा देखिने एक व्यक्तिले ट्राफिक प्रहरीमाथि धम्कीपूर्ण शैलीमा हरेक गाडीबाट १०० देखि ५०० रुपैयाँ असुल्ने आरोप लगाएका छन्। तर स्थानीय स्रोतका अनुसार, यो आरोप तथ्यमा नभई प्रहरीलाई बदनाम गर्ने उद्देश्यले गरिएको हो। “रातदिन सडकमा खटिने निर्दोष ट्राफिक प्रहरीलाई पैसा खाने भन्दै जनतामाझ गलत सन्देश फैलाउने प्रयास गरिएको हो,” एक व्यापारीले बताए।

यातायात व्यवसायीको भनाइमा पनि भिडियोमा गरिएको दाबी गलत छ। “हामी यो क्षेत्रमा दशकभन्दा बढी समयदेखि व्यवसाय गर्दै आएका छौं। तर अहिलेसम्म ट्राफिकले विना कारण दुःख दिएको अनुभव छैन। भिडियोमा भनिएजस्तो वास्तविकता छैन भन्ने कुरा म स्पष्ट पार्छु,” उनले भने।

यस विषयमा बुझ्दा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

कोटेश्वरमा ट्राफिक प्रहरीमाथि लागेको ‘आर्थिक आतंक’ को आरोप वास्तविक नभई नियोजित षड्यन्त्रको परिणाम भएको स्थानीयहरू र व्यवसायीहरूले दाबी गरेका छन्।

ads
ads
add
banner add

सम्बन्धित खबर